काठमाडौं १४ असार । जापान यो विश्वकपमा समूह चरण पार गर्ने एक मात्र एसियन टिम बनेको छ। समूह एच अन्तर्गतको खेलमा आज पोल्याण्डसँग अन्तिम खेल हारेपनि अर्को खेलमा कोलम्बियाले सेनेगललाई पराजित गरेपछि जापान समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो।
पहिलो खेलमा जापानसँगै हारेको कोलम्बिया लगातार दुई खेल जित्दै समूह विजेता बनेर दोस्रो चरण प्रवेश गरेको छ। समूह एचमा कोलम्बियाले ६ अंक जोड्दा जापान र सेनेगलले समान ४(४ अंक जोड्यो। समान अंक समान गोलखन्तर भएपनि फियर प्लेमा अगाडी रहँदै जापान समूह्य उपविजेता बनेको हो।
सुरुको दुई खेल जितेको सेनेगल भने अन्तिम खेलमा पराजित भएपछि समूह चरणबाट बाहिरियो। सेनेगलको हारपछि यस पटक कुनै पनि अफ्रिकन राष्ट्र अन्तिम १६ मा पुग्न सकेनन्। रसिया विश्वकप अन्तर्गत समूह चरणको अन्तिम दुई खेलमा कोलम्बियाले सेनेगललाई तथा पोल्याण्डले जापानलाई समान १,० ले हरायो।
यसअघि नै दुई खेल हार्दै समूह चरणबाटै बाहिरिएको पोल्याण्डले अन्तिम खेल जित्दै सान्त्वना जित हासिल गर्दै सुखद अन्त्य गरेको छ। कोलम्बियालाई सेनेगल विरुद्ध जित दिलाउन येरी मिनाले ७४औँ मिनेटमा गोल गरे। यस्तै पोल्याण्डका लागि जान बेडनारेकले ५९औँ मिनेटमा गोल गरे।एजेन्सी ।
Comments