१० असार । विश्वकप फुटबलमा बेल्जियमले दोस्रो जित हासिल गरेको छ । हिजोको पहिलो खेलमा बेल्जियमले ट्युनिसयालाई ५–२ ले हराएर दोस्रो जित हासिल गरेको हो ।
बेल्जियमका लागि रोमेलु लुकाकु र कप्तान इडेन हाजार्डले दुई दुई तथा मिचि बात्सुवाईले एक गोल गरे । त्यस्तै ट्युनिसयाका लागि डिलान ब्रोन र कप्तान खाजरीले एक एक गोल गरे ।
बेल्जियमले छैटौं मिनेटमा नै कप्तान हाजार्डको पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । १० मिनेटपछि लुकाकुले गोल थपे । तर, त्यसको दुई मिनेटपछि नै ट्युनेनियाले गोल फर्कायो । ब्रोनले १८ औं मिनेटमा हेड गोल गर्दै २(१ को स्थितिमा ल्याए ।
पहिलो हाफको अतिरिक्त समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई फेरि २ गोलको अग्रता दिलाए ।
दोस्रो हाफमा पनि बेल्जियम हाबी भयो । ५१ औं हिनेटमा हाजार्डले अर्को गोल थप्दै खेललाई ४(१ को अन्तरमा पुर्याए । त्यसपछि बेल्जियमले लुकाकु र हाजार्डलाई मैदानबाहिर निकाल्यो ।
सब्टिच्युट खेलाडी बत्सुयीले ९० औं मिनेटमा बेल्जियमका लागि अर्को गोल गरे । तर, ट्युनिसयाले हार भने मानेन । इन्जुरी टाइममा ट्युनेसियाका कप्तान खाजरीले गोल गर्दै खेल ५(२ मा टुंग्याए ।
जितसंगै बेल्जियमले ६ अंक बनाउँदै नकआउट चरण प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।
Comments