काठमाडौं, ९ असार । रसियामा जारी विश्वकप २०१८ खेलमा कोस्टारिकाविरुद्व ब्राजिलले अन्तिम समयमा २–० गोल गर्दै जित निकालेको छ । खेलको ९१ औं मिनेटमा ब्राजिलका खेलाडी फिलिप कोन्टिन्होले पहिलो गोल गरेका थिए भने दोस्रो गोल स्टार स्टाइकर नेइमारले गरेका हुन् ।
नेइमारले खेलको ९७ औं मिनेटमा दोस्रो गोल गरेका हुन् । दुवैले अतिरिक्त समयमा समयमा गोल गरेका हुन् ।यसअघि खेलको ७९ औं मिनेटमा कोस्टारिकाविरुद्धको खेलमा नेइमारलाई लडाएको भन्दै कोस्टारिकाविरुद्धको पेनाल्टीलाई भिडियो एसिस्टेन्ट रेफ्रीले उल्टाइदिएको थिए ।
नेमारलाई कोस्टारिकाको डि बक्समा लडाएको भन्दै मुख्य रेफ्रीले पेनाल्टी दिएका थिए । पेनाल्टी हान्न नेमार तयार भएको अवस्थामा भिडियो एसिस्टेन्ट रेफ्रीले पेनाल्टी दिने निर्णयलाई उल्टाइदिएका हुन् । त्यसपछि खेलको ८१ औँ मिनेटमा ब्राजिलका नेमार र काउटिन्होलाई रेफ्रीले एलो कार्ड देखाएका थिए । एजेन्सी
Comments