काठमाडौं ८ असार । अर्जेन्टिनाका प्रशिक्षक साम्पावलीले क्रोएशियासँगको हारपछि समर्थकहरु समक्ष माफी मागेका छन् । गएराति सम्पन्न खेलमा अर्जेन्टिना क्रोएशिसँग ३–० गोलले पराजित भएपछि उनले सम्पुर्ण खेलको जिम्मेवारी लिदै मिडियासामु माफी मागेका हुन् ।
उनले भनेका छन् ‘खेल हार्नुमा मेरो दोष छ, अर्जेन्टिनाका समर्थकहरु मलाई क्षमा गरिदिनुहोस् । खेलको रणनीति ठीक नभएको, ३–४–३ बनाउनाले खेलमा गतिलो प्रभाव नपरेको, सर्जियो अगुइरोलाई मैदानबाट निकाल्ने जस्ता गलत निर्णय भएको उनले बताएका छन् ।
लियोनल मेसीको भने बचाउ गर्दै उनले भनेका छन्,अन्य खेलाडीहरु राम्ररी चल्न नसक्दा मेसीको खेल्ने एरिया थोरै भयो । अब अर्जेन्टिनाले झिनो आशाका साथ नाइजेरियासँग आमने सामने गर्नेछ । एजेन्सी ।
Comments