काठमाडौं ७ असार । पनामा पेपर्स २ मा अर्जेन्टिनी फुटबलर लिओनल मेस्सीको नाम पनि परेको छ । खोज(पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट आईसी आईजेले अवैध धन लुकाउनेहरुको विवरण समेटिएको पनामा पेपर्स २ सार्वजनिक गरेको छ ।
पनामा पेपर्सले विश्वका चर्चित व्यक्तिहरुले अवैध सम्पत्ति लुकाउन र कर छल्न कसरी सुरक्षित स्थान ट्याक्स हेभन रोजेका छन् भन्ने खुलाउँदै आएको छ । पनामा पेपर्स २ काअनुसार मेस्सी र उनका पिताले मेघा स्टार इन्टरप्राइजेज नामक अफशोर कम्पनीमार्फत कारोबार गरेर कर छलेको भेटिएको छ ।
मेस्सीको नाम पहिलो पनामा पेपर्समा पनि थियो । तर, उनले यो कम्पनी ‘पूरै निष्क्रिय’ रहेको दाबी गरेका थिए । तर, कम्पनी सक्रिय राखेर करछली गरेको भेटिएको छ । बार्सिलोनाका खेलाडी मेस्सी र उनका बुवामाथि स्पेनमा कर छलीको मुद्दा लागेको थियो ।
मेस्सीले स्पेनिस अदालतले २१ महिना जेल सजाय र २२ लाख अमेरिकी डलर जरिवाना तोकेको थियो । तर, पहिलो पटक २ वर्षभन्दा कम सजाय पाउँदा जेल बस्नु नपर्ने स्पेनिस कानुन अनुसार मेस्सी जेल बस्नु परेको थिएन ।
Comments