काठमाडौ ४ असार । गए राती भएको खेलमा विश्वकप डिफेण्डिङ च्याम्पियन जर्मनीलाई मेक्सिकोले हारको स्वाद चखाएको छ । उक्त खेलमा जर्मनी मेक्सिकोसँग १,० गोलले पराजित भएको हो ।
खेलको ३५ औ मिनेटमा आर्भिन लोजानो मेक्सिकोका लागि गोल गरे । पहिलो मिनेटदेखि नै काउन्टर अट्याकिङ खेल खेलेको मेक्सिकोले अन्तिमसम्म पनि जर्मनीलाई दबाबमा राखेको थियो । मेक्सिकोका लागि सबै खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरे । जर्मनीका गोलरक्षकले मेक्सिकोका धेरै प्रहारहरु गोल हुनबाट जोगाएका थिए ।
दोस्रो हाफमा पनि जर्मनीले खेलमा फर्कने प्रयास गरेको थियो तर सकेन । मेक्सिकोको उत्कृष्ट डिफेन्स र अट्याकिङ खेलका सामु जर्मनीको केही सिप लागने । यो हारसँगै जर्मनीको विश्वकप यात्रा सुखद रहेन भने पहिलो हारसँगै दबाब पनि उत्तिकै थपिएको छ ।
Comments