काठमाडौ ४ असार । रुसमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गतको खेलमा सर्बियाले कोष्टारिकालाई पराजित गरेको छ ।
समूह ‘इ’ अन्तर्गतको खेलमा सर्वियाले कोष्टारिकालाई १–० गोलअन्तरले पराजित गरेको हो । सर्बियाका लागि एलेक्जेन्डर कोलारोभले खेलको ५६औँ मिनेटमा निर्णायक गोल गरेका थिए । पहिलो हाफसम्म गोलरहित अवस्थामा रहेपनि खेलको दोस्रो हाफमा भने कोष्टारिका गोल खान पुगेको थियो ।
Comments