भक्तपुर, ३ असार । ज्ञान निकेतन, होप भ्याली र इनोभेटिभ स्कुलले चौथौं उपत्यकाव्यापी आमन्त्रण बास्केटबल प्रतियोगिताको उपाधि आज जितेका छन् । ज्ञान निकेतन जुनियर ब्वाइज, होप भ्याली सिनियर ब्वाइज र इनोभेटिभ गल्र्समा च्याम्पियन बने ।
एभरेष्ट इंगलिश स्कुल मिवाछें भक्तपुरद्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइज फाइनलमा ज्ञान निकेतन सेकेण्डरी इंगलिश स्कुल काठमाडौंले हिमालय इंगलिश वोर्डिङ्ग हायर सेकेण्डरी स्कुल कोटेश्वरलाई १४–३१ ले पराजित ग¥यो ।
सिनियर व्याइजको उपाधि भिडन्तमा होप भ्याली स्कुल काठमाडौले हिमालय इंगलिश बोर्डिङ्ग हायर सेकेण्डरी स्कुल सेकेण्डरी इंगलिश स्कुल कोटेश्वरलाई १७–१९ ले हरायो ।
गल्र्सको फाइनलमा इनोभेटिभ इंगलिश स्कुल ललितपुरले श्री चन्द्रविन्दु इन्टरनेशनल वोर्डिङ्ग स्कुल काठमाडौंलाई पाखा लगायो ।
विजेतालाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेसहित २७ विद्यालयका ४९ टिम सहभागी थिए ।
Comments