३ जेठ । रसियामा जारी २१ औं विश्वकप फुटबलमा क्रोएसियाले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा क्रोएसियाले नाइजेरिया २–० गोलले पराजित गरी विजयी सुरुवात गरेको हो ।
नाइजेरियाका खेलाडी इटेबोको आत्मघाती गोलको सहयोगले खेलको पहिलो हाफमा १–० ले अग्रता लिएको क्रोएशियाले दोस्रो हाफमा पेनाल्टीबाट दोस्रो गोल गरेको हो ।
खेलको ३२ औं मिनेटमा नाइजेरियाका ओघेनेकारो इटेबोको आत्मघाती गोलमा क्रोएसियाले अग्रता लियो । कर्नरमा मारियो माञ्जुकिकको हेडर एटेबोलाई लाग्दै गोलमा परिणत भयो ।
त्यस्तै दोस्रो गोल क्रोएशियाका मोडरिकले खेलको दोस्रो हाफको ७१ औं मिनेटमा पेनाल्टी मार्फत गरे । नाइजेरियाका एकंगले म्यानडुजिकलाई फल गरेपछि पेनाल्टी पाएको थियो ।
यो जितसँगै समुह डी मा क्रोएसिया ३ अंकका साथ पहिलो स्थानमा रहेको छ । (एजेन्सी)
Comments