३ जेठ । २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा आइसल्यान्डले अर्जेन्टिनालाई बराबरीमा रोकेको छ । हिजो भएको दोस्रो खेलमा विश्वकपको उपाधी दाबेदार मानिएको साबिक उपविजेता अर्जेन्टिनालाई आइसल्याण्डले १—१ गोलको बराबरीमा रोकेको हो ।
अर्जेन्टिनाका लागि सर्जियो अगुएरोले एक गोल गरे भने अल्फ्रेड फिन्बोगासनले एक गोल गरे ।
खेलको १९ औं मिनेटमा मार्कोस रोहोको पासमा सर्जियो अगुएरोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट नबित्दै आइसल्यान्डले खेल बराबरी गरेको हो । आइसल्यान्डका लागि स्ट्राइकर अल्फ्रेड फिन्बोगासनले गोल गरेका हुन् ।
खेलको ६३ मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो । मेजालाई डि–बक्सभित्र फल गरेपछि कप्तान लियोनेल मेस्सी पेनाल्टीमा गोल गर्न नसकेपछि अर्जेण्टिनाले खेल जित्ने सुन्दर मौका चुकाएको हो । त्यसपछि कुनै पनि गोल हुन सकेन ।
बराबरीपछि अर्जेन्टिना र आइसल्यान्डले १–१ अंक बाढेका छन् । (एजेन्सी)
Comments