३ जेठ । रसियामा आयोजित विश्वकप फुटबल समूह ‘सी’ अन्तरगत फ्रान्सले अष्ट्रेलियालाई हराएको छ । हिजो भएको पहिलो खेलमा फ्रान्सले अष्टेलियालाई १ का विरुद्ध २ गोलले हराएको हो ।
फ्रान्सका लागि एन्टोनी ग्रिजम्यान र पल पोग्बाले एक एक गोल गरे भने अष्ट्रेलियाका लागि कप्तान मिले जेडिकनले गोल गरे ।
खेलको ५८ मिनेटमा फ्रान्सका एन्टोनी ग्रिजम्यानले पेनाल्टीमार्फत् पहिलो गोल गरेका थिए। जवाफमा अष्ट्रेलियाका जेडिनाकले ६२ मिनेटमा पेनाल्टी सुटबाट गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यस्तै, ८१ मिनेटमा फ्रान्सका पाउलले गोल गरेपछि अष्ट्रेलियाविरुद्ध फ्रान्स विजयी भएको हो ।
यस जितसंगै समूह ‘सी’मा फ्रान्सले ३ अंक बटुल्न सफल भएको छ । (एजेन्सी)
Comments