३० जेठ । भोलिदेखि रसियामा सुरू हुने २१औं संस्करणको अन्तिम तयारीमा रहेको पोल्यान्डले लिथुवानियामाथि सानदार जित हात पारेको छ । गएराति विश्वकप फुटबलको अन्तिम मैत्रीपूर्ण खेलमा पोल्यान्डले लिथुवानियालाई ४–० ले हराएको हो ।
पोल्यान्डका लागि रोबर्ट लेवान्डोस्कीले २ तथा डेभिड कोनाकी र जाकुब ब्लाजिओस्कीले एक एक गोल गरे ।
पोल्याण्डको सहज जित
विश्वकप समूह ‘एच’मा रहेको पोल्यान्डले कोलम्बिया, सेनेगल र जापानसँग समूह चरणमा प्रतिश्पर्धा गर्नेछ । (एजेन्सी)
Comments