२७ जेठ । रोमानियाकी सिमोना हालेपले ग्राण्डस्लाम टेनिस प्रतियोगिता फ्रेञ्च ओपनको महिलातर्फको उपाधि हात पारेकी छिन् । उनले हिजो भएको फाइनलमा अमेरिकी खेलाडी स्लोन स्टेफेन्सलाई २–१ को सेटमा जित हासिल गरेर उपाधि हात पारेकी हुन् ।
शीर्ष वरियाताकी हालेपको यो पहिलो ग्राण्डस्लाम उपाधि हो । हालेपले पहिलो सेट गुमाए पनि बाँकी दुई सेटमा उत्कृष्ट पुनरागमन गरेकी थिइन् । पहिलो सेट ३–६ ले गुमाएकी उनले दोस्रो र तेस्रो सेटमा क्रमशः ६–४ र ६–१ को सहज जित निकालिन् ।
महिलातर्फको ग्राण्डस्लामको उपाधि हालेपले जितिन्
0
Share.
Comments