काठमाडौं, १८ जेठ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई वान डे को वरियतामा समावेश गर्ने निर्णय गरेको छ । आइसीसीको आजको बैठकले नेपालसँगै स्कटल्यान्ड, नेदरल्यान्ड्स र यूएईलाई पनि वान डे वरीयतामा समावेश गर्ने निर्णय गरेको हो । नेदरल्याण्डसले गएको वर्ष आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि जितेर एक दिवसीय मान्यता पाएको थियो । यस्तै स्कटल्याण्ड, नेपाल र युएईले आईसीसी क्रिकेट विश्वकप छनोट, २०१८ मा शीर्ष तीनमा पर्न सफल एसोेसिएट राष्ट्रको रुपमा एक दिवसीय मान्यता पाएका हुन् ।
भर्खरै मात्र वान डे मान्यता पाएको नेपालले मान्यता पाएपछि अहिलेसम्म औपचारिक रूपमा वान डे खेलेको छैन । त्यसैले अहिले नेपालको अंक पनि शून्य छ । नेपालले वान डे खेलेपछि नेपालको नाम वरीयतामा अंकसहित चढ्ने छ ।
आईसीसीले प्रेस विज्ञप्ती जारी गर्दै यो वरीयता जुन १ बाट लागू हुने पनि जनाएको छ ।
अहिले तत्काल वरीयतामा नेपाल अन्तिम स्थानमा छ भने वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड छ ।
नेपालले पायो आर्इसीसी एक दिवसीय बरियता
0
Share.
Comments