७ जेठ । स्पेनीस खेलाडी राफेल नाडालले इटालियन ओपन टेनिसको उपाधि किर्तीमानी आठौं पटक जितेका छन् । गएराति भएको फाइनलमा जर्मन खेलाडी एलेक्जेन्डर भरेभलाई हराउँदै नाडालले उपाधि जितेका हुन् ।
रोममा भएको फाइनलमा नाडालले भरेभको एक सेटको अग्रतालाई उल्ट्याएका हुन् । पहिलो सेटमा भरेभले नाडालेका दुई सर्भिस ब्रेक गर्दै ६ – १ ले जितेका थिए । तर त्यसपछि उत्कृष्ट कमब्याक गरेका नाडालले दोस्रो सेटमा भरेभको तीन सर्भिस ब्रेक गरेर ६ – १ ले आफ्नो पक्षमा पारे । तेस्रो तथा अन्तिम सेटमा नाडालले ६ – ३ को जित निकाल्दै उपाधिमा कब्जा जमाए । (एजेन्सी)
नाडालले जिते इटालियन ओपन टेनिसको उपाधि
0
Share.
Comments