६ जेठ । एफए कपको उपाधि चेल्सीले जितेको छ । बेलायतको राष्ट्रिय रंगशाला विम्ब्लीमा हिजो भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै चेल्सीले एफए कप जितेको हो ।
चेल्सीलाई उपाधि दिलाउन इडेन हाजार्डले २२ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल गरे । खेलमा दुवै टोलीले आक्रामक खेल खेले पनि थप गोल भने गर्न सकेनन् ।
चेल्सीले आठौं पटक एफए कप जितेको हो । लगातार दोस्रो बर्ष फाइनल खेलेको चेल्सी गत वर्ष फाइनलमा आर्सनलसँग पराजित भएको थियो । (एजेन्सी)
चेल्सीले जित्यो एफए कपको उपाधि
0
Share.
Comments