३ जेठ । एथ्लेटिको मड्रिडले युरोपा लिग फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा मार्सेलीलाई ३–० गोलअन्तरले पराजित गर्दै तेस्रो पटक उपाधि जितेको हो ।
एथ्लेटिको मड्रिडलाई उपाधि जिताउन एन्टोनी ग्रिजम्यानले २ र कप्तान गाबीले १ गोल गरे ।
९ वर्षभित्र एथ्लेटिको मड्रिडले युरोपा लिगको तेस्रो उपाधि उचालेको हो । यसअघि सन् २०१० र २०१२ मा एथ्लेटिको मड्रिडले युरोपा लिगको उपाधि उचालेको थियो । (एजेन्सी)
Comments