३१ बैशाख । स्पेनिस लालिगा फुटबलको सिंगो सिजन अपराजित रहने बार्सिलोनाको सपना चकनाचुर भएको छ । आज बिहान भएको खेलमा लेभाण्टेसँग ५–४ ले पराजित भएसँगै ला लिगाको सिजनभरि अपराजित रहने बार्सिलोनाको सपना टुटेको हो ।
बार्सिलोनाका लागि फिलिप कोटिन्होको ह्याट्रिक तथा लुइस स्वारेजको एक गोल गरे । त्यस्तै, लेभान्टेको मैदानमा भएको खेलमा घरेलु टिमका लागि इम्मानुयल बोयटिङले ह्याट्रिक गरे भने इनिस बार्धीले २ गोल गरे ।
हालसम्म कुनै टोलीले त्यो कीर्तिमान काम गर्न सकेको छैन् । ला लिगा यस सिजनको ३६ औं खेलसम्म अपराजित रहेको बार्सिलोना ३७ औं खेलमा पराजित भइ दुर्लभ कीर्तिमान कायम गर्न असफल रह्यो । अब बार्सिलोनाले एक खेल मात्रै खेल्न बाँकी छ ।
बार्सिलोनाको सपना चकनाचुर
0
Share.
Comments