२८ बैशाख । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड वेष्टह्यामसँग गोलरहित बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लिगको दोस्रो स्थानमा रहेको युनाईटेड वेष्टह्यामसँग गोलरहित बराबरीमा रोकिएको हो ।
लिगको उपाधि म्यानेचस्टर सिटीले जितिसकेको अवस्थामा युनाईटेड यो सिजनको लिगको अन्त्य सुखद गर्ने लक्ष्यमा छ । युनाईटेडले लिगमा अन्तिम खेल खेल्न बाँकि रहेको छ ।
युनाईटेडको ७८ अंक रहेको छ । सिटी प्रिमियर लिगमा एक सय अंक पूरा गरी किर्तिमान बनाउने लक्ष्यमा छ । लिगको १५ औं स्थानमा रहेको वेष्टह्यामको ३९ अंक छ । (एजेन्सी)
वेष्टह्यामसँग म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो
0
Share.
Comments