२४ बैशाख । रियल मड्रिडले स्पेनीस ला लिगाको उपाधि विजेता टिम बार्सिलोनासँग बराबरी खेलेको छ । गएराति भएको सिजनको अन्तिम एल क्लासिकोमा रियल मड्रिडसँग दुई–दुई गोलको बराबरी खेलेको हो ।
घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा १० खेलाडीमा झरेको बार्सिलोनाका लागि लुईस स्वारेज र लियोनल मेसीले एक एक गोल गरे । मड्रिडका लागि क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेलले एक एक गोल गरे ।
पहिलो हाफमा इन्जुरी समयमा बार्सिलोनाका रेर्गि रोबेर्टोले मर्सेलोलाई फल गरेपछि रेफ्रिले सोझै रातो कार्ड देखाए ।
बार्सिलोना अब लिगका बाँकी तीन खेलमा अपराजित रहे पूरै सिजन अपराजित रहने नयाँ कीर्तिमान बनाउने छ ।
रियल मड्रिड र बार्सिलोना बराबरीमा
0
Share.
Comments