१८ वैशाख । चेल्सीको युथ टिमले आर्सनल युथ टिमलाई हराएर एफए युथ कपको उपाधि उचालेको छ । एफए युथ कप फाइलनको दोस्रो लेग अन्तर्गत गएराति भएको खेलमा आर्सनलमाथि ४–० को जित दर्ता गर्दै समग्रमा ७–१ को जितसहित चेल्सीले लगातार पाँचौँ सिजन उपाधि उचालेको हो ।
दोस्रो लेगमा चेल्सीलाई जिताउन क्वालम हड्सन ओडोइले दुई गोल गरे । यस्तै बिल्ली गिल्मोउर र टिनो एन्जोरिनले एक एक गोल गरे ।
सन् १९५० मा म्यानचेस्टर युनाइटेडले लगातार पाँचौँ सिजन एफए युथ कपको उपाधि उचालेपछि लगातार पाँच सिजन उपाधि उचाल्ने चेल्सी पहिलो टिम हो । (एजेन्सी)
चेल्सीले उचाल्यो एफए युथ कपको उपाधि
0
Share.
Comments