१४ बैशाख । युरोपा लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आर्सनल र एथ्लेटिको मड्रिडले बराबरी खेलेका छन् । गएराति भएको पहिलो लेगमा आर्सनल र १० खेलाडीमा सिमित एथ्लेटिकोले १ – १ गोलको बराबरी खेलेका हुन् ।
घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनलले एथ्लेटिकोसँग बराबरी खेलेको हो । आर्सनलका लागि एलेक्जेन्डर लाकाजेट्सले गोल गरेका थिए । एथ्लेटिको लागि एन्टोनी ग्रीजम्यानले गोल फर्काएका थिए ।
इमिरेट्स स्टेडियममा खेलको दशौं मिनेटमा सिमे भर्स्लिज्कोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एथ्लेटिको १० खेलाडीमा सिमित बनेको थियो ।
दोस्रो लेग एथ्लेटिको घरेलु मैदानमा मे ४ मा हुने छ । दोस्रो लेगपछि समग्रमा जित निकाल्ने टोलीले मे १६ मा हुने फाइनलमा मार्सेली र साल्जवर्ग्बिचको बिजेतासँग खेल्ने छ । (एजेन्सी )
आर्सनल र मड्रिड बराबरीमा रोकिए
0
Share.
Comments