काठमाडौं, १२ वैशाख । एसियन भलिबल संघ एभिसिले आयोजना गरेको सेन्ट्रल जोन प्रतियोगिताको सेमिफाइनलमा आज नेपालले तुर्केमिनिस्तानसँग खेल्दैछ । नेपालले तुर्केमिनिस्तानसँग आज हुने सेमिफाइनल जितेमा कम्तीमा रजत पदक पक्का गर्नेछ । यसअघि सोही प्रतियोगितामा नेपालले कास्य पदक जितेको थियो । जुन नेपाली पुरुष भलिबल टोलीले अहिले सम्म प्राप्त गरेको पहिलो र ठूलो पदक हो ।
खेल नेपाली समयअनुसार ३ बजेपछि मिरपुर इन्डोर स्टेडियममा शुरु हुनेछ । नेपालको खेल ५ बजे हुने भनिएपनि बंगलादेश र किर्गिस्तानको खेल लाइभ हुने भएकाले नेपालको खेल अघि सारिएको हो ।
नेपाल समूह ‘ए’ को विजेता हो भने तुर्केमिनिस्तान समूह ‘बी’ को विजेता हो । पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ३–१ को सेटमा पराजित भएपनि दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेर सेमिफाइनल पुग्ने सम्भावना जीवितै राखेको नेपाल बंगलादेशले माल्दिभ्सलाई पनि सोझै सेटमा पराजित गरेपछि समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।
तुर्केमिनिस्तान समूह ‘ए’ मा अपराजित टोली हो । तुर्केमिनिस्तानले किर्गिस्तानलाई ३–० को सोझो सेटमा तथा उज्वेकिस्तानमाथि ३–१ को जित निकालेको थियो । तुर्केमिनिस्तान च्याम्पियनसिपको उपाधि दाबेदार टोली हो ।
मध्य एसियाका दोस्रो स्तरका टोलीहरुका लागि प्रत्येक बर्ष आयोजना हुदै आएको सेन्ट्रल जोन प्रतियोगिता नेपालका लागि महत्वपुर्ण प्रतियोगिता हो । प्रतियोगितामा ६ टोलीको सहभागिता छ ।
प्रतियोगिताको सेमिफाइनल विजेताबीच फाइनल र तेस्रो स्थानको खेल शुक्रबार हुनेछ । सेन्ट्रल जोन प्रतियोगिताको चौथो संस्करण आयोजना भईरहदा नेपालले पनि चौथो पटक सहभागिता जनाएको हो ।
फाइनल प्रवेशका लागि नेपाल र तुर्केमिनिस्तान भिड्दै
0
Share.
Comments