१० वैशाख । साउथह्याम्प्टनलाई हराउँदै चेल्सी एफ ए कप फुटबलको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा साउथह्याम्प्टनलाई दुई शुन्यले हराउँदै चेल्सीले एफ ए कपको फाइनलमा पुगेको हो ।
चेल्सीका लागि जिराउड र मोराटाले गोल गरे । अब उपाधिका लागि चेल्सीले आगामी शनिबार म्यानचेष्टर युनाइटेडसँग भिड्दै छ । फाइनल आउँदो शनिबार वेम्ब्ली रंगशालामा हुनेछ ।
सन् २००७ मा मोरिन्होले चेल्सीलाई एफ ए कपको फाइनलमा जिताएका थिए । त्यतिबेला फाइनल प्रतिस्पर्धी म्यान्चेष्टर युनाइटेड नै थियो । ८ वर्षपछि मोरिन्हो फेरि फाइनल जिताउने लक्ष्यसहित टिम म्यान्चेष्टर युनाइटेडलाई मैदान उतार्दैछन् र यसपटक प्रतिस्पर्धी छ चेल्सी । (एजेन्सी)
पुग्यो चेल्सी एफ ए कपको फाइनलमा
0
Share.
Comments