९ वैशाख । बार्सिलोनाले कोपा डेल रे फुटबलको उपाधि जितेको छ । गएराति एथ्लेटिको मड्रिडको मैदानमा भएको फाइलनमा सेभिल्लालाई ५–० हराउँदै बार्सिलोनाले लगातार चौथो पटक उपाधि जितेको हो ।
बार्सिलोनाका लागि लुइस सुवारेजले दुई तथा लियोनेल मेस्सी, आन्द्रेइ इनिएष्टा र कोटिन्होले एकएक गोल गरे ।
सेभिल्लाले क्वाटरफाइनलमा एथलेटिको म्याड्रिड तथा सेमिफाइनलमा लेगानेसलाई पाखा लगाएको थियो भने बार्सिलोनाले स्पानियोललार्इ क्वाटरफाइनल तथा भ्यालेन्सीयालाई सेमिफाइनलमा पाखा लगाएको थियो ।
१९३० देखि हुँदै आएको कोपा डेल रे मा बार्सिलोना सर्वाधिक धेरै ३० पटक च्याम्पियन बनेको छ । त्यस्तै, एथलेटिको बिल्बाओ २३ र रियल म्याड्रिक १९ पटक च्याम्पियन भएका छन् । (एजेन्सी)
‘कोपा डेल रे’को उपाधि बार्सिलोनालाई
0
Share.
Comments