७ बैशाख । स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडले एट्लेटिको म्याड्रिडलाई पराजित गरेको छ । गएराति भएको खेलमा दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड सोसिडाडसँग ३–० ले पराजित भएको हो ।
घरेलु मैदानमा सोसिडाडका लागि जुवान्मीले दुई गोल तथा विलियन जोसेले एक गोल गरे ।
जितसँगै रियल सोसीडाडले लिगमा ३३ खेलबाट ४३ अंक जोडेको छ । रियल सोसीडाड लिगको ११ औं स्थानमा रहेको छ । लिगको दोस्रो स्थानमा रहेको एथ्लेटिकोको ७१ अंक छ । यस्तै, शीर्ष स्थानको बार्सिलोनाको ८३ अंक रहेको छ ।
एथ्लेटिकोको हारसँगै ला लिगाको उपाधि जित्न बार्सिलोनालाई एक खेलको जितले पुग्ने भएको छ । बार्सिलोनाले अब अप्रील २९ मा डिपोर्टिभो ला करुनासँग खेल्दै छ । उक्त खेल जित बार्सिलोनाले २५ औं ला लिगा उपाधि जित्ने छ ।
स्पेनिस ला लिगा अन्तर्गत नै राति भएको खेलमा जिरुनाले अलाभेसलाई २ – १ ले, रियल बेटिसले लास पलमासलाई १ – ० र लेभान्टेले मालागालाई १ – ० ले हराएका छन् । (एजेन्सी)
सोसिडाडले एट्लेटिकोलाई हरायो
0
Share.
Comments