काठमाडौं, ५ बैशाख । सेप्टेम्बरमा बंगलादेशको ढाकामा हुने दक्षिण एसियाली फुटबल महासंघ(साफ) च्याम्पियनसीपको ड्र आज सार्वजनिक गरिएको छ । सार्वजनिक ड्र अनुसार नेपाल समूह ए मा परेको छ । नेपालको समूहमा बंगलादेश, पाकिस्तान र भुटान छन् । यस्तै, समूह बीमा भारत माल्दिभ्स र श्रीलंका परेका छन् । आयोजकका नाताले बंग्लादेशलाई समूह ए को शीर्ष वरियतामा राखिएको थियो भने साविक विजेताका नाताले भारतलाई पहिलो वरियता दिइएको थियो ।
७ टोलीको सहभागिता रहने साफमा नेपालसहित भारत, आयोजक बंग्लादेश, भुटान, श्रीलङ्का, माल्दिभ्स र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । यसअघिका संस्करणमा फाइनल यात्रा तय गरेको अफगानिस्तान भने मध्य एसियामा सरेपछि सहभागी टोली संख्या ७ मा झरेको हो ।
साफ च्याम्पियनसिप सेप्टेम्बर ४ देखि १५ सम्म बंगलादेशमा हुनेछ।
साफ च्याम्पियनसीपको ड्र सार्वजनिक
0
Share.
Comments