काठमाडौं, २५ चैत । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली डेयर डेभिल्समा आवद्ध नेपाली क्रिकेटर सन्दिप लामिछानले पहिलो खेलमा मैदान उत्रिन नपाउने भएका छन् ।
दिल्लीले मोहालीमा किंग्स इलावेन पञ्जावसँग खेल्दै छ । तर उनी आज मैदान उत्रिने खेलाडीको सूचिमा छैनन् । दिल्लीले चार जना विदेशी खेलाडी डेनियल क्रिस्टियन, कोलिन मुन्रो, क्रिश मोरिश र ट्रेन्ट बोल्टलाई खेलाएको छ । भारतीय स्पिनर अमित मिश्र पनि खेल्ने भएका कारण सन्दिपले मौका नपाएका हुन् ।
आज दिल्लीको टिममा गौतम गम्भीर, कोलिन मुनरो, रिसव पन्त, श्रेयस ऐर, क्रिस मोरिस, विजय शंकर, ड्यानियल क्रिस्टियन, अमित मिश्रा, राहुल तेवाटिया, ट्रेन्ट बोल्ट र मोहम्मद सामी रहेका छन् ।
सन्दीप २० लाख भारुमा दिल्ली डेयर डेभिल्समा आवद्ध भएका हुन् ।
सन्दिपले पहिलो खेल खेल्न पाएनन्
0
Share.
Comments