२१ चैत । च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिख विजयी भएको छ । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बायर्नले घरेलु टोली सेभिल्लालाई २–१ ले पराजित गरेको हो ।
बायर्नका लागि थिएगोले एक गोल गरे भने विपक्षी खेलाडीको प्रहार बचाउन खोज्दा सेभिल्लाका जेसस नाभासले आफ्नै पोष्टमा गोल गरे । त्यस्तै, सेभिल्लाका लागि पाब्लो साराबियाले गोल गरे ।
यी दुई टिमबीचको दोस्रो लेग अर्को साता बायर्नको घरेलु मैदानमा हुनेछ । (एजेन्सी)
सेभिल्लाविरुद्ध बायर्न म्युनिख विजयी
0
Share.
Comments