काठमाडौं, १८ चैत । दोस्रो धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल)मा सीबाईसी अत्तरियाले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ९ विकेटको हराएर विजयी सुरुवात गरेको हो ।
रुपन्देही च्यालेन्जर्सले दिएको ६२ रनको सामान्य लक्ष्य अत्तरियाले ७.३ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो। सुवास खकुरेल १९ रनमा आउट भए । गोरभ चित्तरा ३० र प्रेम तामाङ १४ रनमा अविजित रहे ।
यसअघि पहिले ब्याटिङ गरेको रुपन्देहीले मात्र १५.२ ओभरमा सबै विकेट गुमाएर ६१ रन बनाएको थियो । रुपन्देहीका सुफयान मोहम्मदले २० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । रुपन्देहीलाई सस्तैमा समेट्ने क्रममा कमल सिंह ऐरीले ४ विकेट लिए भने शुभंकर उरावले ३ विकेट लिए ।
अत्तरियाको डीपीएलमा विजयी सुरुवात
0
Share.
Comments