१८ चैत । इंग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा सिटीले एभर्टनलाई ३–१ ले हराएर उपाधि नजिक पुगेको हो । अर्को साता घरेलु मैदानमा हुने म्यान्चेष्टर डर्बी म्याचमा जित निकालेको खण्डमा सिटीले उपाधि जित्नेछ ।
एभर्टनको मैदानमा सिटीका लिओरी साने, गाब्रियल जिसस र रहिम स्ट्रलिङले एक एक गोल गरे । यस्तै, एभर्टनका यांनिक बोलासिएले एक गोल गरे ।
लिगमा शीर्ष स्थानको सिटीको ३१ खेलबाट ८४ अंक रहेको छ । दोस्रो स्थानमा रहेको युनाइटेडको ६८ अंक रहेको छ । पराजित एभर्टन ४० अंक जोडेर नवौं स्थानमा रहेको छ । (एजेन्सी)
म्यानचेस्टर सिटी उपाधि नजिक
0
Share.
Comments