१८ चैत । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको युभेन्टस विजयी भएको छ । गएराति भएको खेलमा युभेन्टसले एसी मिलानलाई ३–१ ले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा युभेन्टसको लागि पाउल ड्याबेला, जुवान कौड्राड्रो र सामी केडेरियाले समान एक एक गोल गरे । एसी मिलनको लागि लियोनार्दो बोनुचीले एक गोल फर्काए ।
जितसँगै युभेन्टसले लिगमा दोस्रो स्थानको नापोलीमाथि ४ अंकको अग्रता बनाएको छ । युभेन्टसले ३० खेलबाट ७८ अंक जोडेको छ ।
राति नै भएको अर्काे खेलमा सउसुलोसँग १–१ गोलको बराबरीमा रोकिएको छ । बराबरीपछि नापोलीको ७४ अंक रहेको छ । ५० अंक जोडेको एसी मिलान छैटौं स्थानमा छ ।
अर्काे खेलमा इन्टर मिलानले हेलास भेरोनालाई ३–० ले पराजित गरेको छ । यस्तै लाजियोले बेनेभेन्टोलाई ६–२ ले पराजित गर्दा रोमा बोलोग्नासँग १–१ गोलको बराबरीमा रोकिएको छ । (एजेन्सी)
एसी मिलानलाई युभेन्टसले हरायो
0
Share.
Comments