१८ चैत । मायामी ओपन टेनिसको महिलातर्फको उपाधि घरेलु खेलाडी स्लोनी स्टेफेन्सले जितेकी छिन् । फाइनलमा लातभियाकी जेलेना ओस्तापेन्कालाई हराउँदै स्लोनीले पहिलो पटक मायामी ओपनको उपाधि हात पारिन् ।
फ्लोरीडामा भएको फाइनलमा यूएस ओपन च्याम्पियन स्लोनीले जेलेनाविरुद्ध पहिलो सेटमा कडा संघर्ष गर्दै टाइब्रेकरमा ७–६ ले हात पारिन् । घरेलु समर्थक माझ दोस्रो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै स्लोनीले जेलेनको तीन सर्भिस ब्रेक गरिन् र ६–१ ले सेट आफ्नो पक्षमा पारिन । (एजेन्सी)
मायामी ओपन टेनिस महिलातर्फको उपाधि स्टेफेन्सलाई
0
Share.
Comments