१४ चैत्र । विश्व विजेता जर्मनीविरुद्ध मैत्रीपूर्ण खेलमा ब्राजिल विजयी भएको छ । गए राति जर्मनीमा भएको खेलमा जर्मनीलाई ०–१ को अन्तरले हराएर ब्राजिल विजयी भएको हो ।
ब्राजिललाई विजयी गराउनका लागि गाब्रियल जिससले गोल गरेका थिए । खेलको ३७ औं मिनेटमा विलियमको पासमा जिससले गोल गर्न सफल भए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको ब्राजिलविरुद्ध जर्मनी खेलमा फर्कन सकेन र पराजित भयो ।
ब्राजिलले गएको विश्वकपमा जर्मनीसँग खाएको हारको बदला समेत लिएको छ । चार वर्षअघि विश्वकप फुटबलमा ब्राजिललाई जर्मनीले ७–१ ले हराएको थियो । त्यसयता ब्राजिल र जर्मनीबीच खेल भएको थिएन । (एजेन्सी)
विश्वकप हारको बदला लिँदै ब्राजिलले जर्मनीलाई हरायो
0
Share.
Comments