काठमाडौै १४ चैत्र । एफसी एसियन कप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल यमनसँग पराजित भएको छ । कतारको दोहा स्थित सुहेम विन हमाद रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–१ ले पराजित भयो । यमनसँगको हारसँगै नेपालको एसियन कप छनोटको यात्रा अन्त्य भएको छ ।
२४ औं मिनेटमा यमनका अब्दुलेवासिया अल मातारीले गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इज्युरी समयमा नवयुग श्रेष्ठले गोल गर्दै खेल बराबरीमा पु¥याए ।
८३ औं मिनेटमा विराज महर्जनले डिबक्स भित्र फल गरेका कारण यमनले पेनाल्टी पायो । सो पेनाल्टीलाई मातरीले नै गोलमा परिणत गर्दै यमनलाई २–१ को जित दिलाए ।
समूह एफबाट फिलिपिन्स समुहको विजेता र यमन उपविजेता बन्दै एसियन कपमा छनोट हुँदा नेपाल र ताजिकिस्तान भने बाहिरिएका छन् ।
नेपाल यमनसँग पराजित
0
Share.
Comments