१३ चैत । रुसमा हुने फिफा विश्वकप फुटबलको तयारीमा रहेको पोर्चुगल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ । जेनेभामा गएराति भएको खेलमा पोर्चुगल नेदरल्याण्डसँग ३–० ले पराजित भएको हो ।
नेदरल्याण्ड्का लागि मेम्फिस डिपे, रायन बाबेल र भिर्गिल भान डिज्कले एक एक गोल गरे । दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको पोर्चुगलविरुद्ध नेदरल्याण्डले तीनै गोल पहिलो हाफमा गरेको थियो ।
खेलको ६१ औं मिनेटमा जोओ कान्सेलोले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि पोर्चुगल १० खेलाडीमा समेटियो ।
आगामी जेठमा हुने रुस विश्वकपमा पोर्चुगल समूह बि मा रहेको छ । पोर्चुगलले स्पेनविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । नेदरल्याण्डले भने यो पटकको विश्वकपमा स्थान बनाउन सकेन । (एजेन्सी )
नेदरल्याण्डले हरायो पोर्चुगललाई
0
Share.
Comments