१३ चैत । चाइना कपको उपाधि उरुग्वेले जितेको छ । वेल्सलाई १–० ले हराउँदै उरुग्वे च्याम्पियन बनेको हो ।
उरुग्वेको जितमा एडिनसन काभानीले निर्णायक गोल गरे । उरुग्वेको लागि १०० औं खेल खेलिरहेका काभानीले खेलको ४९ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
तेस्रो स्थानको प्लेअफमा चेक गणतन्त्रले चीनलाई ४–१ ले हरायो । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको रुपमा रहेको प्रतियोगितामा उरुग्वे, वेल्स, चीन र चेक गणतन्त्रगरी ४ टोलीको सहभागिता रहेको थियो । (एजेन्सी)
चाइना कपको उपाधि उरुग्वेलाई
0
Share.
Comments