११ चैत । रुसमा हुने फिफा विश्वकप फुटबलको तयारीमा रहेको स्विडेन चिलीसँग मैत्रीपूर्ण खेलमा पराजित भएको छ । गएराति भएको मैत्रीपूर्ण खेलमा स्विडेन चिलीसँग २ – १ ले पराजित भएको हो ।
स्विडेनलाई उसैको मैदानमा हराउन चिलीका लागी अर्टुरो भिडाल र मार्कोस बोलाडोसले एक एक गोल गरे । यस्तै, स्विडेनका लागि ओला टोईभोनेनले एक गोल गरे ।
आगामी जेठमा हुने रुस विश्वकपमा स्विडेन समूह एफ मा रहेको छ । स्विडेनले दक्षिण कोरियाविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्ने छ । चिलीले भने यो पटक विश्वकपमा छनोट हुन सकेन । (एजेन्सी)
चिलीसँग स्विडेन पराजित
0
Share.
Comments