१० चैत । मैत्रीपूर्ण अन्तराष्ट्रिय फुटबल अन्तर्गत गएराति भएको खेलमा इग्ल्याण्डले नेदरल्याण्डसलाई १ शून्यले हराएको छ । इग्ल्याण्डलाई जिताउन लिंगार्डले ५९ औं मिनेटमा गोल गरे ।
गएराति नै भएको अर्को खेलमा जर्मनी र स्पेनले भने बराबरी खेलेका छन् । छैटौ मिनेटमै रोड्रिगोको गोलमा स्पेनले अग्रता लिएपनि ३५ औ मिनेटमा मुलरले बराबरी गोल फर्काए ।
अरु खेलमा टर्कीले आयरल्याण्डलाई र कोष्टारिकाले आयरल्याण्डलाई समान १ शुन्यले हराएका छन् । (एजेन्सी)
Comments