काठमाडौं, २९ फागुन । जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ मा नेपालले सान्तवना जित हासिल गरेको छ । हिजो भएको खेलमा नेपालले हङकङलाई पाँच विकेटले हराएर सान्तवना जित हासिल गरेको हो । नेपालको विश्वकप खेल्ने सम्भावना टुङिए पनि एकदिवसीय मान्यताको सम्भावनाको ढोका भने खुलेको छ ।
१ सय ५४ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४०.४ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य भेटाएको हो ।
नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४८ रन तथा सोमपाल कामीले अविजित ३७ रन बनाए । अनिल साहले २६, ज्ञानेन्द्र मल्ले १२, पारस खडका ११, दिपेन्द्रसिंह एैरी १२ र आरिफ सेखले २ रन बनाएका थिए ।
यसअघि हङकङले ४८.२ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो । हङकङका लागि निजाकत खानले सर्वाधिक ४७ रन बनाए भने एहसान खानले २५ र बाबर हायतले २० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदशन गर्न सकेनन् । नेपालका सन्दीप लामिछानेले ३, बसन्त रेग्मी र करण केसीले २/२ ,सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए ।
पहिलो जितसँगै नेपाल समूहको चौथो स्थानमा रह्यो भने हङकङ समूह बीको पुछारमा रहृयो ।
समान अंक भए पनि नेपाल रनरेटको आधारमा अफगानिस्तानभन्दा तल रहेकाले सुपर सिक्समा पुग्न सकेन ।अब नेपालले प्लेअपका लागि पपुवा न्युगिनिसँग खेल्नेछ । सो खेल जितेमा नेपालले सातौं स्थानको प्ले–अफ खेल्ने छ । नतिजा नेपालको पक्षमा आएमा नेपालले एक दिवसीय मान्यता पनि पाउने छ ।
नेपालको सान्तवना जित
0
Share.
Comments