२७ फागुन । इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई हराउँदै म्यानचेस्टर युनाइटेडले दोस्रो स्थानमा ५ अंकको अग्रता कायम गरेको छ ।
घरेलु मैदान ओल्ड ट्राफोडमा गएराति भएको खेलमा युनाइटेडले लिगको तेस्रो स्थानमा रहेको लिभरपुललाई २–१ गोलले हराएको हो ।
युनाइटेडका लागि मार्कोस रासफोर्डले १४औं र २४औं मिनेटमा दुई गोल गरे । ६६औं मिनेटमा युनाइटेडका इरिक बेलीले आत्मघाती गोल गरेका थिए ।
जितसँगै युनाइटेडको ३० खेलमा ६५ अंक पुगेको छ । लिभरपुलको ६० अंक रहेको छ । (एजेन्सी)
लिभरपुल विरुद्ध म्यानचेस्टर युनाइटेड विजयी
0
Share.
Comments