काठमाडौं, २७ फागुन । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी भएको छ । घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले हराएको हो ।
चेल्सीका लागि २५ औं मिनेटमा विलियम र ३२ औं मिनेटमा क्रिस्टल प्यालेसका मार्टिन केलीले बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गोल गरी चेल्सीलाई उपहार गोल पायो । यस्तै, क्रिस्टल प्यालेसका लागि ९० औं मिनेटमा प्याट्रिक भान आनहोल्टले एक गोल गरे ।
यो हारले क्रिस्टललाई रेलिगेसनको खतरा बढेको छ । चेल्सीको ३० खेलबाट ५६ अंक छ भने रेलिगेसन जोनमा रहेको क्रिस्टलको समान खेलबाट २७ अंक छ । (एजेन्सी)
चेल्सीले क्रिस्टल प्यालेसलाई हरायो
0
Share.
Comments