२० फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले न्यूक्याशल युनाइटेडलाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले युनाइटेडलाई २–० ले हराएको हो ।
लिभरपुलका लागि मोहम्मद सलाहले ४० औं र साडियो मानेले ५५ औं मिनेटमा एक एक गोल गरेका थिए ।
जितसँगै २९ खेलबाट ६० अंक जोड्दै लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तेश्रो स्थानमा रहेको म्यान्चेष्टर युनाइटेडको २८ खेलबाट ५९ अंक छ । (एजेन्सी)
लिभरपुलले न्यूक्याशल युनाइटेडलाई हरायो
0
Share.
Comments