२० फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको लगातार चौथो हार व्यहोरेको छ । गएराति भएको खेलमा खराब लय कायमै राख्दै आर्सनल ब्राइटनसँग २–१ ले हारेको हो ।
ब्राइटनका लागि लेविस डंक र ग्लेन मुर्रेले गोल गरे । त्यस्तै, आर्सनलका लागि उवामेयाङले एक गोल गरे ।
जितपछि ब्राइटन लिगको २८ खेलबाट ३१ अंकसहित १२ औं स्थानमा आएको छ । आर्सनल ४५ अंकसहित छैटौं स्थानमा यथावत छ । (एजेन्सी)
आर्सनलको लगातार चौथो हार
0
Share.
Comments