फागुन २० । आइसिसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बाम्बेसँग ११६ रनले पराजित भएको छ ।हिजो बुलावायोमा जिम्बावेले दिएको ३ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेटको गुमाउँदै २ सय ६४ रन मात्र बनायो ।
नेपालका लागि शरद भेषावकरले ४८ बलमा ६ चौका र एक छक्कासहित सर्वाधिक ५२ रन बनाए । उनको यो लिस्ट ए प्रतियोगितामा छैटौँ अर्धशतक हो । त्यस्तै पारस खड्काले ३७ बलमा ८ चौकासहित ४० रन बनाए । दिपेन्द्रसिंह ऐरीले २२, ज्ञानेन्द्र मल्लले ३२ रन बनाए । रोहितकुमार पौडेलले ३२ बलमा ३० रन बनाए । त्यस्तै आरिफ शेखले ५९ बलमा ५ चौकासहित ५० रन बनाए । त्यस्तै नटआउट रहेका सोमपाल कामी र सन्दीप लामिछानेले क्रमशः १२ र ७ रन बनाए । वसन्त रेग्मी र ओपनर दिलिप नाथ भने २ रनमै पेभेिलयन फर्किए । जिम्बावेका लागि सिकन्दर राजाले ३, ब्रायन भिटोरीले २ तथा तेन्डाई चटारा, केल जार्भिस र ग्रेमी क्रिमरले समान १(१ विकेट लिए ।
यसअघि टस जितेर नेपाललाई पहिले फिल्डिङको निम्तो दिएको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३८० रन बनाएको हो । सिकान्दर राजाले १ सय २३ रन जोडे भने सिकन्दरले ब्रेन्डरले १०० रन बनाए । जिम्बावेका ओपनर सोलोमोन मिराले अर्धशतकीय पारी खेलेका थिए । उनले ४१ बलको सामना गर्दै ३ छक्का र ५ चौकाको मदतमा ५२ रनको पारी खेले । अर्का ओपनर सेफास झुआवले ४१ रनको इनिङ खेले । नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले २–२ विकेट हात पारे । सन्दीप लामिछाने र ललितले १–१ विकेट लिए । जिम्बावे विरुद्धको खेलमा डेब्यू गरेका नेपालका स्पिनर ललितनारायण राजवंशीले विकेट लिन सफल भएका हुन् । (एजेन्सी)
विश्वकप छनोट अन्तर्गत नेपालका अबको खेलतालिका:
- नेपाल भर्सेस स्कटल्याण्डः फागुन २४, दिउँसो १ बजेर १५ मिनेट, क्वीन्स स्पोर्टस क्लब
- नेपाल भर्सेस अफगानिस्तानः फागुन २६, दिउँसो १ बजेर १५ मिनेट, बुलावायो एथ्लेटिक्स क्लब
- नेपाल भर्सेस हङकङः फागुन २८, दिउँसो १ बजेर १५ मिनेट, क्वीन्स स्पोर्टस क्लब
Comments