काठमाडौं, २० फागुन । आइसीसी विश्वकप छनोट २०१८ अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल टेष्ट राष्ट्र जिम्बावेसँग खेल्दै छ । जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोट्स क्लबमा खेलिने सो खेल नेपाली समयअनुसार दिउसोको १ः१५ बजे सुरु हुने छ ।
जिम्बाबे यसअघि नौ पटक विश्वकप खेलिसकेको देश हो । नेपालले भने तेश्रो पटक विश्वकप छनोट खेल्न लागेको हो । जिम्बाबेलाई छनोट खेलिरहेका १० टीममध्ये सबैभन्दा बलियोमध्येको एक टोली मानिएको छ ।
टेस्ट मान्यता पाएको जिम्बावेसँग एकदिवसीय खेलमा नेपाल पहिलो पटक भिड्न लागेको हो। यसअघि नेपालले कुनै पनि टेस्ट राष्ट्रसँग एकदिवसीय क्रिकेट खेलेको थिएन् ।
सन् २०१४ को टि–ट्वान्टी विश्वकपमा नेपालले पहिलो पटक बंगलादेशसँग खेलेको थियो ।
नेपाल जिम्बावेसँग भिड्दै
0
Share.
Comments