१३ फागुन । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुल, ब्राईटन र वाट्फोर्ड विजयी भएका छन् । आफ्नै मैदानमा लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई ४–१ ले हरायो ।
लिभरपुलका लागि एम्रे च्यान, मोहोमद सालाह, रोबर्टो फर्मीनो र सादियो मानेले एक–एक गोल गरे । वेष्ट ह्यामका लागि मिचेल एन्टोनियोले एक गोल गरे ।
प्रिमियर लिग फुटबलकै अर्को खेलमा वाट्फोर्डले एभर्टनलाई १–० ले हराउँदा हडर्सफिल्ड टाउनले वेष्ट ब्रोमलाई २–१ ले तथा ब्राईटनले स्वान्सी सिटीलाई ४–१ ले हरायो ।
लेष्टर सिटी र स्टोक सिटी तथा बर्न्ले र साउथह्याम्पटनले १–१ गोलको बराबरी खेल्दा बर्नमाउथ र न्युकासल युनाईटेडले २–२ गोलको बराबरीमा चित्त बुझाएका छन् । (एजेन्सी)
लिभरपुल, ब्राईटन र वाट्फोर्ड विजयी
0
Share.
Comments