१३ फागुन । स्पेनिस ला लिगामा रियल म्याड्रिड विजयी भएको छ । गएराति सान्टियागो बर्नाबाउमा भएको खेलमा म्याड्रिडले आलाभेसलाई ४–० को फराकिलो अन्तरले हराउँदै विजयी भएको हो ।
रियलका लागि क्रिस्टियानो रोनाल्डोले दुई, ग्यारेथ बेल र करिम बेन्जेमाले एक एक गोल गरे ।
जितसँगै म्याड्रिडको २५ खेलमा ५१ अंक भएको छ । २४ खेलमा ६२ अंकसहित बार्सिलोना अग्रस्थानमा रहेको छ भने ५५ अंकसहित एट्लेटिको म्याड्रिड दोस्रो स्थानमा रहेको छ । (एजेन्सी)
रियल म्याड्रिड विजयी
0
Share.
Comments