एजेन्सी, ११ फागुन । आर्सनल र एथलेटिको मड्रिड युरोपा लिगको प्रि–क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । गएरातिका अन्तिम १६ मा प्रवेशका भएको दोस्रो लेगमा स्वीडिस क्लब अस्टरसन्डसँग २–१ गोल अन्तरले पराजित भए पनि आर्सनल समग्रमा ४–२ गोल अन्तरको जित निकाल्न सफल भयो । अघिल्लो साता भएको पहिलो लिगमा आर्सनल ३–० गोल अन्तरले विजयी भएको थियो ।
आर्सनल घरेलु मैदानमा भने पराजित हुन पुग्यो । पहिलो हाफको २२ र २३ औँ मिनेटमा गरि २ गोल खाएको आर्सनलले दोस्रो हाफको सुरुमै एक गोल फर्कायो ।
यस्तै बिहीबार राति नै भएको दोस्रो लेगमा एथलेटिको मड्रिडले कोभिन हेभनलाई १–० ले हराउँदै समग्रमा ५–१ गोल अन्तरको नतिजासहित प्रि–क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।
एथलेटिकोका लागि केभिन गमेरियोले सात औँ मिनेटमा गरेको गोलनै निर्णायक भएको थियो । यसअघिको पहिलो लेग ४–१ गोल अन्तरले एथलेटिकोले जितेको थियो ।
त्यस्तै फाबियो बोरिनीको गोलको सहयोगमा इटालियन क्लब एसी मिलानले बुल्गेरियाली क्लब लुडोगोरेसलाई हराउँदै प्रि–क्वार्टर फाइनलमा स्थान बनाएको छ । पहिलो लिग उसले ३–० ले जितेको थियो ।
Comments