एजेन्सी, ९ फागुन । च्याम्यिन्स लिग अन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोना र इंग्लीस क्लब चेल्सीबीचको खेल बराबरीमा सकिएको छ । चेल्सीले स्ट्यामफोर्ड ब्रिजमा भएको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना र चेल्सी १–१ गोलको बराबरीमा सकिएको हो ।
चेल्सीका लागि ६२ औँ मिनेटमा विलियनले गोल गरे भने बार्सिलोनाका लागि ७५ औँ मिनेटमा लियोनल मेस्सीले गोल गरे ।
अब बार्सिलोनाले चेल्सीसँग दोस्रो लेगमा मार्च १५ मा आफ्नो घरेलु मैदान नु क्याम्पमा प्रतिस्पर्धा गर्ने छ ।
रोकिए चेल्सी र बार्सिलोना
0
Share.
Comments